

काठमाडौं- काठमाडौं महानगरपालिकामा प्लास्टिकका फुलका गुच्छा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ।महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नु भएको हो ।

आगामी साउन १ गतेदेखि प्लास्टिकका फूलगुच्छा र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा रोक लगाइने मेयर साहले बताउनु भयो।उहाँले भन्नुभयो, “प्लास्टिकको फूलका गुच्छा बिक्री वितरण र आयातका साथै ४० माइक्रोन भन्दा पातला प्लास्टिकको झोलालाई प्रयोगमा प्रतिबन्ध लगाईनेछ।”

मेयर साहले काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।

Views: 183

