Aamsanchar

प्राज्ञिक विद्यार्थी परिषद्ले विराटनगरमा शिक्षा कार्यशाला गर्दै

Author Image
बुधवार, असार ६, २०८०

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोशी प्रदेशको राजधानी विराटनगरमा शिक्षा कार्यशाला गर्ने भएको छ । 

नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधानका विषयमा कार्यशाला सञ्चालन हुने परिषद्ले जनाएको छ ।

असार ९ गते शनिवार बिहान ११ बजेदेखि मोरङ व्यापार सङ्घमा कार्यशाला सञ्चालन हुने परिषद्का कोशी प्रदेश संगठन सचिव छितराज न्यौपानेले जानकारी दिए । 

कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग प्रमुख अतिथि रहने कार्यक्रममा काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले कार्यपत्र प्रस्तुत गर्नेछन् । 

कार्यशालाको टिप्पणीकर्तामा शिक्षाविद् तथा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार प्रा. डा. भेषप्रसाद धमला र शिक्षाविद् प्रा. डा. टङ्क न्यौपाने रहेका छन् । 

पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. बिजु थपलिया कार्यक्रम संयोजक रहेका छन् । 

आधारभूत तहदेखि उच्च तहसम्मको शिक्षासँग जोडिएका पाठ्यक्रम, शिक्षण विधि, मूल्याङ्कन पद्धति र शिक्षा नीति आदि विषयका बारेमा अध्ययन, विश्लेषण एवम् विस्तृत चर्चाको साथमा समग्र शिक्षा क्षेत्रको सुधारका लागि उचित नीति निर्माणको विषयलाई लक्षित गर्दै कार्यशाला हुने परिषद्ले जनाएको छ ।

  

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर