Aamsanchar

कनकाईको गाउँगाउँमा कालोपत्रे सडक 

Author Image
बुधवार, असार ६, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका क्षेत्र कालोपत्रे मय बन्दै गएपछि त्यहाँका ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरूको जीवन शैलीमा परिवर्तन आएको छ ।

नगरका अधिकांश बजार र ग्रामीण क्षेत्रमाका ग्राभेल सडकहरू कालोपत्रे भइसकेका छन् भने धुले सडक ग्राभेलमा परिणत भइसकेको छ ।  नगरले गौरव आयोजनामा राखेको कनकाई रिङरोडको पनि ठेक्का आवहान भइसकेको छ ।
तत्कालीन सुरुंगा र घैलाडुब्बा गाउँ विकास, हाल कनकाई नगरपालिकाको ग्रामीण क्षेत्रमा ६ वर्ष अघि सम्म थाप्लोमा नाम्लो लगाएर घाँसको भारी बोकेर बाटोमा आवतजावत गर्ने स्थानीहरू अहिले  कृषि कर्म गर्न स्कुटर मोटरसाइकल र चारपाङ्ग्रे सवारी साधनहरूको प्रयोग गर्न थालेका छन् ।

हिजोका दिनमा श्रोत साधन भएपनि  धुलाम्मे, खाल्डा अनि हिलाम्मे कच्ची सडकका कारण स्थानीयले  गाडागोरु र थाप्लोमा घाँस तथा बालीनाली बोक्न बाहेक विकल्प थिएन । अहिले सडक सञ्जाल गाउँ गाउँमा पुगेपछि पुरानो परिस्थितिमा बदलाव आएको स्थानीय चन्द्रबहादुर गिरीले बताए ।

अहिले भने कनकाई नगरपालिकाको विभिन्न ग्रामीण क्षेत्रमा सहरको जस्तै फराकिला कालोपत्रे सडक बनेपछि कनकाईका ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरू आधुनिक बन्दै गएका हुन ।

कनकाई नगरपालिका विभिन्न योजना र निर्णयका कारण राष्ट्रिय रुपमा चर्चामा आइरहने नगरपालिकामा पर्दछ । सडक सञ्जाल विस्तारको कामबाट स्थानीहरू खुशियाली ल्याएको कनकाई ८ खाडीबस्तीकी लोका पौडेलले बताइन ।
नगरका अधिकांश बजार र ग्रामीण क्षेत्रमाका ग्राभेल सडकहरू कालोपत्रे भइसकेका छन् भने धुले सडक ग्राभेलमा परिणत भइसकेको छ ।  नगरले गौरव आयोजनामा राखेको कनकाई रिङरोडको पनि ठेक्का आवहान भइसकेको छ कनकाईका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

सम्भवत जिल्लामै धेरै सडक निर्माण गर्ने नगरपालिकामा कनकाई पर्छ । यधपी अझै धेरै ग्रामीण सडकहरू हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेकोले सो क्षेत्रका स्थानीयवासीको  दैनिकी जीवन यापन कष्टकर बनि नै रहेको छ ।
२०७४ सालमा स्थानीय तहले अधिकार प्राप्त गरेपछि कनकाई नगरले विगतको बाटोको असुविधालाई सम्झेर सडक निर्माण कार्यलाई प्राथमिकतामा राखेर वर्षेनी योजना बनाई कालोपत्रे सडक निर्माण कार्यलाई अघि बढाउदै आएको छ । हाल सम्ममा कनकाई नगरपालिका, प्रदेश र संघीय सरकारको योजना अन्तरगत ६० किलो मिटर भन्दा धेरै कालोपत्रे सडक कनकाई नगर क्षेत्रमा निर्माण भइसकेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

कनकाई नगरले चालु आर्थिक वर्षमा १७ सय मिटर कालोपत्रे गर्ने काम गरेको छ । जसमा केही स्थानमा कालोपत्रे गर्ने कार्य भईरहेको छ ।

कनकाई नगरपालिका क्षेत्रका साना बाटोहरू चिल्ला र कालो मात्र होइन रंगी विरंगी पनि देखिएका छन् । नगरका वडा गत योजना अनुसार जम्मा १५ किलो मिटर पक्की पेवर्स सडकहरू निर्माण भइसकेको ले साना सडकहरू सुन्दर र व्यवस्थित बनेको हो ।

कनकाईमा झट्ट देखिने र नागरिकले विकासको अनुभूति गर्ने सडकहरू मध्ये सुरुंगा–धनुस्कोटी ४ किलो मिटर, सुरुंगा पुल–पञ्चायत मार्ग ३ किलो मिटर, दुर्गापुर–दहीझोडा साढे तिन किलो मिटर, सुरुंगा–चप्रामारी ८ किलो मिटर, मनकामना मन्दिर–नारायणदल चोक ३ किलो मिटर, नारायणदल–पस्चिम ५ सय मिटर, चर्ज रोड ४ सय मिटर सडक कालोपत्रे गर्ने काम भएको छ ।

त्यसैगरी लक्ष्मीमार्ग साढे १ किलो मिटर, कोटीहोम–गौतम चोक ४ किलो मिटर, त्रिवेणी–शिवसताक्षी सिमाना २ किलो मिटर, टप्पु–सुरुंगा साढे २ किलो मिटर, वडा नं. ३ मा पर्ने रिङरोडमा २ किलो मिटर, योगमाया पार्क–झापा रोड २ किलो मिटर, मृकुटी मार्ग साढे २ किलो मिटर, विजमनी मार्ग १४ सय मिटर, वडा नं. ६ मा साढे १ किलो मिटर कलोपत्रे सडक बनेको छ ।

त्यसैगरी लक्ष्मीपुर–लकडीगद्धी साढे ४ किलो मिटर, जनपथ मार्ग १७ सय मिटर, महिला मार्ग ७ सय मिटर, वडा नंं ८ र ९ मा साना साना गरी ५ किलो मिटर, सिमसार पश्चिम २ किलो मिटर, टप्पु–चम्पापुर २ किलो मिटर, सुरुंगा बजार क्षेत्रमा ३ किलो मिटर कालोपत्रे गर्ने काम भइसकेको छ भने आवश्यकता अनुसार सडकहरूमा दुईतर्फी नाला पनि बनाइएको छ ।

२०७४ साल अघि कनकाईमा जम्मा ४ किलो ७ सय मिटर कालोपत्रे भएको थियो । ति सडकहरू अहिले जीर्ण भइसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर