Aamsanchar

सरस्वती माध्यमिक विद्यालयमा वृत्ति मार्ग निर्देशन कार्यक्रम शुरु

Author Image
बिहिवार, असार ७, २०८०

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर काठेकोहलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रम आज बिहिबारदेखि शुरु भएको छ ।

घोराही उपमहानगरपालिकाको आयोजना एवं दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजनाको सहयोगमा माध्यमिक तहको पढाईको शुरुमै कक्षा ९ मा पढ्ने विद्यार्थीहरूलाई आफूले जीवनमा गर्ने काम बारे विस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन कार्यक्रम शुरु गरिएको विद्यालयका प्रधानाध्यापक बसन्त पौडेलले जानकारी दिनुभयो ।  कार्यक्रम कार्यान्वयनका लागि छनौट गरिएका वृत्ति मार्ग निर्देशक शिक्षक मार्फत कक्षा ९ मा ६ दिने र ती विद्यार्थीहरू १० कक्षामा पुग्दा थप एक दिनको तालिम दिने व्यवस्था गरिएको छ ।

सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्त पौडेलको सभापतित्व एवं दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजनाका ज्ञानु चौधरीको प्रमुख आतिथ्यता भएको तामिल उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि चौधरीले आफ्नो वृत्तिप्रति सचेत नहुँदा विद्यार्थीवर्गमा थुप्रै समस्या आएपछि विद्यार्थी हरूमा वृत्ति बारे र आफूलाई उचित हुने वृत्ति पत्ता लगाई सोही बाटोमा अगाडि बढाउने उद्देश्यले वृत्ति मार्ग निर्देशन कार्यक्रम कार्यान्वयन गरिएको बताउनुभयो ।

    

 वृत्ति मार्गनिर्देशन कार्यक्रममा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरूलाई विद्यार्थीहरूको क्षमताको पहिचान, रुचि र खुबी अनुसारको वृत्ति छनौट, वृत्ति र जागिर बारे विस्तृत जानकारी, नेपालको शिक्षा प्रणाली, आफ्नो वृत्ति निर्माण तथा त्यसको कार्यान्वयनका बारेमा जानकारी दिइने विद्यालयले जनाएको छ ।

      सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कार्यान्वयनमा ल्याएको वृत्ति मार्ग निर्देशन कार्यक्रमबाट विद्यार्थीहरूले आफ्नो लागि सही वृत्ति छान्ने गरेको, वृत्ति विकासबारे स्पष्ट दृष्टिकोण बनाउने गरेको, आफूले छनौट गरेको वृत्ति पथमा अगाडि बढ्न आवश्यक सीपको बारेमा सचेत हुने गरेको र वृत्तिविकासको लागि जीवनमा आउने अवसरहरूको प्रयोग गर्न सक्ने पाइएको जनाइएको छ ।

तालिमको प्रशिक्षकहरुमा वृत्ति मार्ग निर्देशक शिक्षकद्वय हेमराज शर्मा र माधव पौडेल हुनुहुन्छ । कक्षा ९ मा पढ्ने विद्यार्थीहरूलाई दुई वटा समूहमा विभाजन गरी तालिम दिन शुरु गरिएको विद्यालयले जनाएको छ । तालिममा ४० जना विद्यार्थीहरूको सहभागिता रहेको छ ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर