Aamsanchar

रङ्गेलीमा ट्रिपरको ठक्करबाट पैदल यात्रीको मृ*त्यु

Author Image
बिहिवार, असार ७, २०८०

मोरङ। मोरङको रंगेली नगरपालिका –९ फर्साडाँगीमा ट्रिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो दिउँसो १२ बजे ना १ क ७२१८ नम्बरको ट्रिपरले बाटो काट्दै गरेकी स्थानीय ७० वर्षीया मुसली राजवंशीलाई ठक्कर दिदा घाईते भएकी उनको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

घटनामा संलग्न चालक सर्लाही लालबन्दीका ३५ वर्षीय दिनेश अधिकारी र ट्रिपर नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

Views: 180

प्रतिक्रिया (०)