Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
बिहिवार, असार ७, २०८०

काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँ घटेर कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य यसदिन प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी आज प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा करोबार भएको थियो ।

Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२