

काठमाण्डाै – आफूलाई डाक्टर हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । आफू डाक्टर भएको र तिमीलाई बिहे गर्छु भनेर एक युवतीलाई ललाइफकाइ ४० लाख रुपैयाँ लिने कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने मातृकाप्रसाद जैशीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो ।

जैशीले आफू १२ औँ तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको छ । एक युवतीलाई बिहे गर्ने भनेर उनले पटक–पटक गरेर ४० लाख रुपैयाँ लिएका थिए ।

आफू नक्कली डाक्टर भएको खुलेपछि युवतीले पैसा फिर्ता माग्दा रकम नदिई जैशी फरार रहेका थिए । उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनकाे म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Views: 246

