Aamsanchar

शी लिड्स मार्फत मेचीनगरका २८ जनाले लिए तालीम 

Author Image
शुक्रवार, असार ८, २०८०

मेचीनगर ।   शी लिड्स नेपाल ः महिला नेतृत्व कार्यक्रम प्रारम्भिक प्रशिक्षण मोड्युल तेस्रो चरणको विहीबार समापन भएको छ । यसअघि पहिलो र दोस्रो चरणको कार्यक्रम सम्पन्न भइसकेको छ ।

इन्टरनेसनल फाउण्डेसन फर इलेक्ट्रोरल सिस्टम्स (आईएफईएस) को प्राविधिक सहयोग तथा अष्ट्रेलियाली सरकारको वैदेशिक मामिला तथा व्यापार विभाग र स्विस सरकार विकास सहयोग एसडीसीको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालद्वारा सञ्चालित शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत तेस्रो चरणको प्रारम्भिक प्रशिक्षण मोड्युल जेठ ३२ बाट काँकरभिट्टामा शुरु भएको थियो ।

महिला नेतृत्व विकास कार्यक्रम ( शी लिड्स ) अन्तर्गत मेचीनगर नगरपालिकाका १५ वटै वडाका निर्वाचित दलित महिला वडा सदस्य र  महिला सदस्य गरि जम्मा २८ जना तेस्रो मोड्युल तालिममा सहभागी थिए ।

सहभागि सबैलाई मुख्यः प्रशिक्षक सोमराज ढकाल र पुनम मण्डलले सहजीकरण गर्नुभएको थियो । महिला नेतृत्व विकासका लागि जनप्रतिनिधिहरूको भूमिका र उनीहरूको जिम्बेवारी तथा सिमा हरूको बारेमा सहभागीहरूलाई जानकारी गराइएको थियो । विकास , द्वेषपूर्ण अभिव्यक्ति र दुष्प्रचार , पत्रकार सँगको अन्तरक्रिया , जनप्रतिनिधिको विधायक भूमिकालगायतका विषमा तालिम केन्द्रित थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरप्रमुख मीना पोखरेल उप्रेतीले यस कार्यक्रमले महिला नेतृत्व विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका बताउँदै , अहिले पनि महिलालाई सहज रुपमा नेतृत्वमा आउन अनेकन कठिनाइ रहेकाले अबका दिनमा ती कठिनाइ हरुलाई चिर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।

उपप्रमुख उप्रेतीले यो कार्यक्रम अति प्रभावकारी भएपनि योजना निर्माणको निकट समय भएकाले आफ्ना वडा सँग सम्बन्धित कार्यक्रमहरूमा पर्याप्त छलफल छुट्न जाने भएकाले आगामी दिनमा जेठ महिना भित्रै सक्ने गरि कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नु भएको थियो ।

कार्यक्रमको समापनमा  सहभागी  मेचीनगर कार्यपालिका सदस्य रीता परियार वडा सदस्य सुष्मा कार्की डोली र लीला दर्नालले यस कार्यक्रमबाट आफ्ना काम कर्तव्य , अधिकार र सिमाहरूको बारेमा जानकारी प्राप्त भएको र यस्ता कार्यक्रमहरू निरन्तर रुपमा हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा दलित महिला केन्द्र नेपाल कोशी प्रदेश एम।एन।इ अफिसर तेजिलाल लामाले झापाका ८ पालिकामा कार्यक्रम सञ्चालनमा रहेको र मेचीनगर नगरपालिकाका महिला जनप्रतिनिधिहरूले अत्यन्तै सक्रियतापूर्वक तालिममा सहभागी भइ ज्ञान आर्जन गरेको प्रति खुशी व्यक्त गर्दै भोलिका दिनमा समेत यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

मेचीनगर नगरपालिका वडा नम्बर १५ का वडा सदस्य फुलकुमारी राजवंशीको अध्यक्षतामा भएको समापन समारोहमा शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत सम्पन्न दोस्रो चरणको प्रारम्भिक प्रशिक्षणका तीनवटा मोडलहरूमा सहभागीहरूलाई प्रमुख अतिथि उपप्रमुख उप्रेतीले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)