Aamsanchar

जन्ती बोकेको जिप दुर्घटना, ‘अहिलेसम्म ५ जनाको शव भेटियो’ 

Author Image
शुक्रवार, असार ८, २०८०

प्रतिकात्मक फायल तस्वीर । 

गोरखा । गोरखामा गए राति भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

जन्ती बोकेको बोलेरो जीप हुँदा शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका-५ पोखरी डाडाँ जन्ती फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा जीप दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ।

गोरखा प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको र खोजी जारी रहेको जानकारी दिए। मृत्यु हुनेमा ४ पुरुष र एक महिला रहेको उनको भनाइ छ। अन्यको खोजी जारी रहेको छ। घटनास्थल मनकामना नजिकै पर्दछ ।

उनका अनुसार भीरमा अन्य पनि हताहति भएको हुनसक्ने भन्दै प्रहरीले खोजी गरिरहेको छ। २ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ।

पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ। अहिले जिल्लाबाट नेपाल प्रहरी, शसस्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटनास्थलतर्फ गएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)