
प्रतिकात्मक तस्वीर ।

विराटनगर । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ । मृतक चारैजना एक परिवारको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार तीनवटा घर पहिरोले बगाएको छ । पहिरोमा एकजना अझै बेपत्ता रहेको प्रहरी निरीक्षक दासले जानकारी दिए ।

बिहीबार राति पहिरो जाँदा उक्त हताहत भएको हो । अहिले पानी रोकिएको र उद्धार कार्य जारी रहेको उनको भनाइ छ ।

Views: 127

