Aamsanchar

बिर्तामोड र अर्जुनधाराको सिमानामा ढल निर्माणको पहल अगाडि बढाउन समिति निर्माण

Author Image
शुक्रवार, असार ८, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा नगरपालिका ११ को सिमानामा रहेको आवास मार्गमा ढल निर्माणको पहल अगाडि बढाउन समिति निर्माण गरिएको छ ।

बिहीबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईँ र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव तामाङ गोमदेनको नेतृत्वमा अनुगमन गरि पहल समिति निर्माण गरिएको हो ।

नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई सहित गरिएको अनुगमनमा अर्जुनधारा ११ का वडाअध्यक्ष खगेन्द्र ईङनामको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको हो ।

समितिको सदस्यहरूमा बिर्तामोड ५ का वडाअध्यक्ष रोहित प्रसाईँ, अर्जुनधारा ६ का वडाअध्यक्ष  हरिशचन्द्र बाँस्तोला , गोपाल विमली, सुरेन्द्र बहादुर लिम्बू, वीरबहादुर राई र टेकराज सुब्बा रहनु भएको छ ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईँले बर्खामा डुबानको समस्या रहँदै आएको यस क्षेत्रमा ढल निर्माणका लागि दुवै नगरपालिका सकारात्मक भएकोले समिति निर्माण गरेर पहल अघि बढाएको बताउनु भयो । बिर्तामोड वस पार्क देखि माथिल्लो यस क्षेत्रमा डुबानको समस्या वर्षौँ देखि छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर