Aamsanchar

दाङको कारौतिडाँडामा बन्ने भयाे प्रदेशस्तरीय रंगशाला

Author Image
शुक्रवार, असार ८, २०८०

लुम्बिनी : दाङको घोराही उपमहानगरपालिका–१६ कारौतिडाँडामा प्रदेशस्तरीय रङ्गशाला बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको गौरवको योजनाकै रुपमा नेत्रलाल अभागी खेलकुद रङ्गशालाको निर्माण कार्य अघि बढाएको हो ।

इन्डोर र आउटडोरका सबै खेल खेल्न मिल्ने गरि २७ विगाहा क्षेत्रफलमा अत्याधुनिक खेलकुद रङ्गशाला बनाइने प्रदेश सरकारको गुरुयोजना रहेको छ । अहिलेसम्म एक करोड ५६ लाख बजेटबाट मैदान सम्याउने र वाल लगाउने काम भएको नेत्रलाल अभागी रङ्गशाला व्यवस्थापन समितिका अध्यक्ष देउमान दमाईले जानकारी दिए।

आर्थिक वर्ष २०७६/७७ बाट निर्माण प्रक्रिया सुरु भएको रङ्गशाला सुरुमा ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर प्रदेश सरकार परिवर्तन हुँदा प्रयाप्त बजेट अभावका कारण थप संरचना निर्माणको काम गर्न समस्या हुने समितिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर