Aamsanchar

एकतामा बाबुरामको दोधार

Author Image
शुक्रवार, असार ८, २०८०

काठमाडौं । गत असार ४ गते समाजवादी मोर्चामा बाबुरामलाई छुटाएपछि माओवादीसँग एकता गर्न उनी दुबिधामा छन् । माओवादी केन्द्रसहित, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मोर्चामा समेटिए पनि बाबुराम छुटेका छन् ।

यस सम्बन्धमा जसपा अध्यक्ष उपेन्द्र यादव तगारो बनेपछि प्रधानमन्त्री प्रचण्डले मोर्चामा जोड्न बल नगरेको बाबुरामको बुझाई छ ।

‘समाजवादी मोर्चा बन्नु अघि बाबुराम सरले प्रचण्ड कमरेडलाई भेट्नुभयो । म तपाईँलाई जसरी पनि समेट्छु बाहिरको हल्लाको पछि नलाग्नुस् भन्नुभयो । बाबुराम सरले भेटका बारेमा सामाजिक सञ्जालमा उल्लेख पनि गर्नुभयो,’ नेसपा एक नेताले भने, ‘तर, अन्तिममा मोर्चा घोषणा कार्यक्रममा उपेन्द्र मान्नु भएन भनेर पन्छिनु भयो ।’ प्रचण्डले जोड गरेको भए नेसपालाई मोर्चामा समेट्न सकिने अवस्था देखिएको ती नेताले बताए । समाजवादी मोर्चामा नसमेटिएपछि बाबुराम माओवादीसँग एकता गर्नेमा दोधारमा रहेको ती नेताको भनाई छ ।

तर, बाबुरामका पार्टीका दोस्रो तहका नेताहरू माओवादीसँग एकता गरेर जानुपर्ने भन्दै दबाब बढाएका छन् । खानेपानी मन्त्री महेन्द्र राय यादव, नेता श्रेष्ठ, विश्वदीप पाण्डेलगायत नेताहरू माओवादीसँग एकता गरेर जानुपर्ने पक्षमा छन् ।

पार्टी एकताकै विषयलाई लिएर श्रेष्ठले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेल, सचिव देवेन्द्र पौडेललगायत नेताहरूलाई भेटिसकेका छन् ।

बाबुरामलाई पार्टीमा ल्याउन माओवादीका दोस्रो र तेस्रो तहका नेताहरू सकारात्मक देखिएका छन् । तर, बाबुराम आफ्नो व्यवस्थापनसहित पार्टीको नाम, विचार सिद्धान्त र सङ्गठनात्मक संरचनाको विषयमा स्पष्ट भए मात्रै जाने पक्षमा देखिएका छन् । श्रोत: रातोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर