Aamsanchar

कोशी मुख्यमन्त्री कप : उपाधिका लागि आज इलाम र संखुवासभा भिड्ने

Author Image
शनिवार, असार ९, २०८०

इलाम : कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि इलाम र संखुवासभा भिड्ने भएका छन् ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको मैदानमा फाइनल खेल हुनेछ।

इलामले ओखलढुंगा र संखुवासभाले खोटाङलाई हराउँदै उपाधिका लागि भिड्न लागेकाहुन्।

विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउनेछन्।

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर