

धनगढी : दार्चुलाका एक वडाध्यक्षको मृत्यु भएको छ। जिल्लाको दुहु गाउँपालिका ५ का वडा अध्यक्षको मृत्यु भएको हो।

वडाध्यक्ष मनोरथ भट्टको सोमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्कराज पाण्डेयका अनुसार आइतबार स्वास्थ्यमा समस्या आउनुका साथै टाउको दुखेपछि भट्ट जिल्ला अस्पताल दार्चुला गएका थिए।

जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो। तर भट्टलाई सोमबार बिहान धनगढी ल्याउने क्रममा निधन भएको प्रहरीले जनाएको छ। शैल्यशिखर नगरपालिकाको बगौरामा उनको निधन भएको बताइएको छ।

भट्टको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ। उनको आजै दाहसंस्कार हुने पारिवारिक स्रोतको भनाइ छ।
Views: 146

