

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

पाँच वर्षको अवधिमा ढकालले आर्जन गरेको सम्पत्तिमध्ये १ करोड ४४ लाख ११ हजार ७ सय ८१ रूपैयाँ स्रोत नखुलेको भन्दै सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

पशुपतिनाथको जलहरी प्रकरणमासमेत मुछिएका ढकाललाई १ करोड ४४ लाख ११ हजार ७८७ रुपैयाँ बिगो कायम र त्यति नै जरिवाना तथा कैद सजायको माग गरिएको छ ।

ढकालविरुद्ध कायम भएको बिगो बमोजिम जरिवाना, भ्रष्टाचारबाट आर्जित र त्यसबाट बढेबढाइएको सम्पत्ति जफत गर्न माग दाबी गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। २०७४ साल साउन ३२ गते कोषको सदस्यसचिव नियुक्त भएका ढकाल २०७९ जेठ ३० गतेसम्म पदमा रहेका थिए।
Views: 287

