Aamsanchar

 विषालु सर्प समाएर स्टन्ट देखाउदा हल्दिबारीका एक युवाको मृ*त्यु

Author Image
सोमवार, असार ११, २०८०


झापा । झापाको हल्दिबारीमा विषालु सर्पको डसाइबाट एक युवकको मृत्यु भएको छ । हल्दिवारी गाउँपालिका २ पाराखोपी निवासी अन्दाजी ३२ वर्षीय शम्भु राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि राजवंशीले सर्पलाई समातेर घाटीमा बेर्न खोजेका थिए । सोही क्रममा सर्पले उनको दुवै हातमा डसेको थियो । सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चाराआली लैजाने क्रममा बाटैमा मृत्यु भएको डीएसपी रिजालले बताए ।

अत्यधिक मदिरा सेवन गरेका कारण उनले सर्प समातेर घाटीमा बेर्न खोज्दा घटना घटेको हो,’ डीएसपी रिजालले भने ।

Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर