Aamsanchar

माङ्सेबुङमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट

Author Image
मङ्गलवार, असार १२, २०८०

फायल तस्बिर

इलाम : माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन्।  स्थानीय समिर चेम्जोङको घरबाट शुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन। गएराति करिब २ बजेदेखि  भएको हो। स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ। स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन।

रातको समय र आगलागी पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ। के कारणले आगलागी भयो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर