

काठमाडौं : नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्ष पदमा महेश्वर गौतम निर्वाचित भएका छन्। युनियनको गए राति सम्पन्न मतगणनामा सो पदका अर्का प्रत्यासी दिलीपप्रकाश कार्कीलाई पराजित गर्दै गौतम निर्वाचित भएका हुन्।

गौतमले ३१५ मत प्राप्त गर्दा कार्कीले १२९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रदीप सत्यालले जानकारी दिए।

यस्तै खुला उपाध्यक्षमा रोमन आचार्य र महिला उपाध्यक्षमा श्रद्धा कोइराला निर्विरोध निर्वाचित भएका छन्। सचिवमा सन्तोष अधिकारी २८५ मत ल्याएर विजयी हुँदा प्रत्यासी केशवप्रसाद पाण्डेले १५९ मत प्राप्त गरे। सहसचिवमा पूजा बगाले र कोषाध्यक्षमा प्रदीप कार्की (भेषराज) विजयी भए।

यसैगरी सदस्यमा प्रवीन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्णबहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी, सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे, राजु थापा, प्रशन्न मुल्लिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान विजयी भए।
यस्तै मिन्साङ लामा, रमेश सेन्चुरी, विनिता क्षेत्री, मुना दाहाल, सिर्जना मिश्र, शकुन्तला रानामगर र कोसिना ढकाल सदस्य निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सत्यालले बताए।
काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आइतबार नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले उद्घाटन गरेका थिए।

