Aamsanchar

लागूऔषध प्रयोगकर्ता शून्य बनाउने अभियानमा अर्जुनधारा, वृहत जनचेतना कार्यक्रम सम्पन्न

Author Image
मङ्गलवार, असार १२, २०८०

अर्जुनधारा ।  लागूऔषध प्रयोग कर्ताको संख्या वृद्धि हुँदै गएको कारण कतिपय घरपरिवार, समाज र सिंगो नगरमा नकारात्मक असर पर्न थालेको, लागूऔषध प्रयोग कर्ताको कारण विभिन्न घटनाहरू निम्तिन सक्ने र यस  समस्या लाई समयमै निरुत्साहित गर्नु पर्ने भन्दै झापाको अर्जुनधारामा वृहत सामूहिक जनचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

अर्जुनधारा नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्च मेचीनगर –६ काँकरभिट्टाको सहजिकरणमा मंगलबार (आज) सामूहिक जनचेतना मूलक कार्यक्रम भएको हो ।

अर्जुनधारा नगर प्रमुख बलदेबसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लागू औषध ब्युरो प्रमुख तथा बरिष्ठ प्रहरी उपरीक्षक गोविन्द थपलियाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा स्वागत सामाजिक विकास समिति संयोजक छत्र परियारले गरेको थिए भने कार्यक्रमको औचित्यमाथि प्रकाश नगरकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले पारेकी थिइन् ।

कार्यक्रममा अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख अतिथि थपलियालगायतले अर्जुनधारा नगर लाई लागूऔषध बाट टाढा राख्न र प्रयोगकर्ताको संख्या शून्य बनाउने अभियान अन्तरगत नगरले विभिन्न समयमा सचेतना कार्यक्रमहरू आयोजना गर्दै आएको बताए ।

कार्यक्रममा नगरका वडाध्यक्ष तथा जनप्रतिनिधि, नगरका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, प्रहरीलगायत गरि तिन सय भन्दा धेरै जनाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 329

प्रतिक्रिया (०)