

झापा – हल्दिबारीका दुई बालकको भारतबाट उद्धार गरिएको छ । हल्दिबारी गाउँपालिका १ का बालकहरू लक्ष्मण बस्नेत र विमल आचार्य दुई दिनदेखि बेपत्ता भएका थिए ।

उनीहरूको खोजी गर्ने क्रममा भारतमा भेटिएको जानकारी पाउन साथबाट बालकहरूको अभिभावकसहित हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेन मङ्गलवार बिहान भारतको तारावारि गएका थिए ।

त्यहाँ भारतीय सुरक्षाकर्मीको सहकार्यमा दुई बालकलाई उद्धार गरी सकुशल घर फर्काइएको गाउँपालिकाका अध्यक्ष लिङदेनले बताए । बालकहरू हराएको भन्दै सामाजिक सञ्जालमा तस्बिरहरू भाइरल बनेपछि भारतीय एसएसबीले सोमबार राती १० बजे दुई बालकलाई उद्धार गरी राखेका थिए ।

Views: 132

