Aamsanchar

कोलम्बिया सरकारद्वारा विमान दुर्घटनामा परेका चार बालबालिकाको ४० दिनपछि उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान

Author Image
बुधवार, असार १३, २०८०

काठमाण्डौ – कोलम्बिया सरकारले अमेजनको जङ्गलबाट ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान गरेको छ ।

यो उद्धार अभियानलाई ‘अपरेसन होप’ नाम दिइएको थियो । उद्धारमा संलग्न सैनिक र अन्य सदस्यलाई ‘अर्डर अफ बोयाका’ अवार्ड दिइएको अलजजिराले जनाएको छ ।

सम्मान समारोहमा राष्ट्रपति गुस्ताभो पेट्रोले पदक एउटा प्रतीक मात्रै भएको र वास्तविक पुरस्कार जीवन जोगाउनु रहेको बताउनुभयो ।

उद्धारमा संलग्न सेनाको ‘स्निफर डग’ ‘विल्सन’लाई पनि सम्मान गरिएको थियो । यो कुकुर जङ्गलबाट बालबालिकाको उद्धारपछि अमेजनमा नै हराएको थियो ।

कुकुरलाई खोजी गर्न पनि अपरेसन शुरु गरिएको छ । उद्धार कार्यका प्रमुख जनरल पेड्रो सान्चेजले ६ वर्षीय ‘डग विल्सन’को सम्झनामा स्मारक निर्माण गरिने बताउनुभएको छ ।

अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा हराएका चार जना बालबालिकालाई ४० दिनपछि जीवितै भेटिएको थियो ।

तेह्र, नौ, चार र एक वर्षका ती बालबालिका सहोदर भाइबिहिनी हुन् । जीवितै उद्धारको यो घटनाले विश्वलाई नै चकित पारेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर