काठमाडौं : एसीसी यू–१६ इस्टर्न जोन कपमा नेपालले थाइल्यान्डलाई २७० रनको लक्ष्य दिएको छ। मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको छ।
नेपालका लागि निरज कुमार यादवले ४३ बलमा ७४ रन बनाए। आक्रामक बलिङ गरेका उनले ७ चौका र ६ छक्काको मद्दतमा ७४ रन बनाएका हुन्। यस्तै नरेन भट्टले ४३ बलमा ५५ र सूर्यांशु कोइरालाले ५५ बलमा ४० रन बनाए ।
नेपाल यो खेल जितेमा मलेसियासँगै सेमिफाइनल पुग्ने छ। थाइल्यान्ड समूह ‘ए’ को पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 97