Aamsanchar

तुलसीको बिरुवा सारियाे

Author Image
बिहिवार, असार १४, २०८०

काठमाडौं –आषाढ शुक्ल एकादशीका दिन बिहीबार घरघरमा तुलसीको बिरुवा सारिएको छ । प्रत्येक वर्ष यो दिन तुलसीको बिरुवा सार्ने गरिन्छ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मठमा राखिएको दलको बिरुवा यस दिन मठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ ।

यस दिनदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने वैदिक मान्यताअनुसार यसलाई हरिशयनी एकादशी भनिएको संस्कृतिविद्को भनाइ छ ।

हरिशयनी एकादशीका अवसरमा काठमाडौंकोको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ ।

तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा पनि प्रयोग गर्ने गरिन्छ । तुलसीको मठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ ।

चार महिनासम्म विधिपूर्वक पूजा–आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)