Aamsanchar

सहारा नेपाल साकोसद्वारा एक सदस्यको ४ लाख ४० हजार ऋण मिनाहा

Author Image
बिहिवार, असार १४, २०८०

बिर्तामोड । झापाको बिर्तामोड -२ चारपानेमा रहेको सहारा नेपाल साकोसले श्रीमानको निधन भएर शोकमा रहेकी एक सदस्यको ४ लाख ४० हजार ऋण मिनाहा गरेको छ । 

बिर्तामोड नगरपालिका वडा न ६ मा रहेको बुटाबारी सेवा केन्द्र मातहतको मुनाल सहारा महिला समूह नं १७ आवद्ध मनमाया गिरीका श्रीमान गङ्गा बहादुर गिरीको मृत्यु भएकाले संस्थाको निर्णय अनुसार मृतक गिरीकी श्रीमतीको नाममा रहेको उक्त ऋण मिनाहा गरिदिएको हो । 

संस्थाले कर्जा सुरक्षण कार्यक्रम अन्तरगत शुक्रबार गिरीको घरमा  एक कार्यक्रमका बिच  मृतककी श्रीमती मनमाया गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको छ । सहारा नेपाल साकोस सेवा केन्द्र बुटाबारी सञ्चालन उप समिति संयोजक आशिष वनको अध्यक्षतामा आयोजित कर्जा मिनाहा कार्यक्रममा बिर्तामोड नगरपालिका वडा न ६ का वडा अध्यक्ष सूर्य प्रसाद कन्दङवाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वाले  ‘सहारा नेपाल साकोसले सदस्यहरूलाई दिने गरेको सेवा सुविधा प्रसंशनिय रहेको बताए, उनले भने ‘ सहारा नेपाल सदस्यहरूमा मात्र होइन समुदायमा पनि सहारा बनेको छ, नाम अनुसारको काम गरेकोमा धन्यवाद छ ।’ 

गरिबी निवारण कार्यक्रम मार्फत लाखौं महिलालाई सहकारी अभियानमा डोऱ्याउदै उद्यमी र स्वलम्बी बनाउँदै देशकै उत्कृष्ट मध्येको एकमा पर्न सफल सहारा नेपाल ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ मा आफ्ना कार्यक्रमहरू प्रवाह गर्दै आएको छ ।

सहारा नेपालले महिला सदस्य मात्र होइन श्रीमानको निधन हुँदापनि परिवारमा ऋणको भार नपरोस् भनेर ऋण मिनाहा गर्दै आएको र गिरीको नाममा चालु रहेको २ लाख ४० हजार मिनाहा गरिएको र संस्थालाई तिरी सकेको २ लाख पनि फिर्ता गरिएको बुटाबारी सेवा केन्द्र प्रमुख दिलिप गिरीले जानकारी दिए 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
11
+1
1
+1
1
+1
0
+1
0
+1
1
+1
1
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर