Aamsanchar

‘आज राष्ट्रिय धान दिवस, हरेक नेपालीले धान रोपौं हिलो छुऔं’ 

Author Image
बिहिवार, असार १४, २०८०

धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महीना कृषीकार्यकालागि बिशिष्ट छ । असारको १५ लागेपछि बादलहरु पूर्णरुपले परिपक्क भएर पानीका धाराहरु बर्षाउदछन्, माटोहरु पानीमा रुझेर हिलोको स्वरुमा कमलो हुदँछन अनि तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरु रोप्दछौ । यसैकारणले पनि होला असारको १५ लाई राष्ट्रिय धान दिवसकारुपमा मानिन्छ है । सकेसम्म आज एकफेर धानको बिरुवा अनि हिलोसँग पौँठेजोरी खेलेर हेरौ, नेपाली परिवेशको जीवनशैली प्रकृती र माटोसँग अत्यन्त निकट छ है ।

हिलोसँग खेल्दै, पानीसँग पौँठेजोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेत भित्र छुपु छुपु धान रोप्न छिरेका खेतालाहरुको खाजा पनि खेतमै ल्याइदिइने चलन छ । तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाई भनिन्छ, समामन्यतया जलखाईमा गहुँको पिठोको मोटो रोटी र नुन तेल खोर्सानी अचार आदी लगिदिने चलन छ । तराईतिर खेतका मालिक आँफैँ धान रोपाँईमा खेत आईपुगे भने सबैजना खेतालाले जग्गाधनीलाई हिलो छ्यापेर भगाउने चलन छ ।

आषाढ महिनाको सामाजिक र आर्थिक मात्र नभईकन साहित्यिक महत्व पनि उत्तिकै रहेको छ । आषाढे महिनामा पानी पर्यो रुझाउने, आषाढे मासमा धान रोपेझैँ खेतमा लगायतका बिभिन्न रोमाञ्चक र जनमानसमा प्रचलीत गीतहरु पुस्तौँदेखी आषाढको सेरोफेरोमा लेखिएका र गाइएका छन् तथापी पहिले पहिले जस्तो रोपाँईका गीतहरु खेतमा लाम लागेर धान रोप्दै सामूहिक रुपमा गीत गाँउदै गरिने धेरै कम मात्र पाईन्छ । यस्ता गीतहरु धान रोप्दै गाइने भएकाले सरल र सुस्तरी गाइन्छ, जस्ले गर्दा काम गर्ने खेतालाहरुले थकान बिर्सेर धेरै बेरसम्म रमाइलो गर्दै काम गर्न सक्दछन् ।

यस्ता रोपाईंहरुको मध्यमा पर्ने आषाढे पन्ध्र एउटा व्स्तताबिच थकाई मारिने चाड हो, दहि च्यूरा, आँप लगायतका परिकारहरुले यस दिनलाई अझ बिशेष बनाउने भएकालेनै होला आषाढे पन्ध्रलाई दहिच्यूरा खाने दिन पनि भनिन्छ । घरमा दुहुनो गाई या भैंसीको दुध आँफैले जोरन हाली जमाएर बनाएको दहि अनि ढिकी या ओखलमा कुटेको धानको चिउरा लाई सरोवरी बोता या दुनाटपरीमा राखी दहिको तरल पदार्थ टपरीवाट नझरोस भन्दै सन्तुलन मिलाएर खाएको दहि चिउराले संसार बिर्साउदछ ।

आषाढेको झरिले धानको रोपाईं राम्रो होस, त्यो झरिको पानीले हाम्रो दुःख कष्ट पनि बगाओस अनि धानको बिउँ सँगै एकअर्कासँग माया प्रेम र सदभावको पनि बिजारोपण गर्न सकौं, माया बढिरहोस । घरका छानाहरु पानीका थोपाले बजिरहँदा आशाको सन्देश अनि मायाको प्रवाह होस्, चुहिने छानाहरु टालिदै जाउन् अनि तुहीने सपनाहरु जागृत हुदै जाउन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर