Aamsanchar

घाँस  काट्ने क्रममा लडेर बैतडीमा एक महिलाको मृ*त्यु

Author Image
आइतवार, असार १७, २०८०

बैतडी : घाँस  काट्ने क्रममा लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। घाँस काट्ने क्रममा मादेव भिरबाट लडेर पाटन नगरपालिका २ ठलकुडाकी  ४० वर्षीया लक्ष्मी ऐरको मृत्यु भएको हो।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार ऐर लडेर  २५० मिटर तल खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको  हो ।

मृतकका श्रीमान् रोजगारीको शिलसिलामा भारतमा छन्।

Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर