Aamsanchar

 खुदुनाबारीको  साना किसान कृषि सहकारीलाई प्रदेश उत्कृष्ट पुरस्कार

Author Image
आइतवार, असार १७, २०८०

झापा ।  अर्जुनधारा नगरपालिका–३, खुदुनावारी झापा स्थित साना किसान कृषि सहकारी संस्था कोशी प्रदेश स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ बाट सम्मानित भएको छ । १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा संस्थालाई नगद २५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।  राष्ट्रिय सहकारी महासङ्घले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार यस पटक भने साना किसान कृषि सहकारी संस्थाले पाएको साना किसान कृषि सहकारी संस्था अर्जुनधाराका अध्यक्ष कृष्ण प्रसाद दंगालले जानकारी दिए।

दंगालका अनुसार महासङ्घका अध्यक्ष मीनराज कँडेलको अध्यक्षतामा सम्पन्न भएको सो पुरस्कार ग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरेले २०७९ सालमा देशका ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघरसंस्था र व्यक्तिलाई नगद  पुरस्कारसहित प्रमाण पत्रले सम्मान गरेको बताए  । पुरस्कार समारोहमा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष  दंगाल, उपाध्यक्ष नन्दलाल खनाल, लेखा संयोजक विष्णुलाल ढकाल, मुख्य प्रबन्धक गोपिकृष्ण लुँइटेल, सञ्चालक सदस्य क्रमश गोविन्द घिमिरे, दिनेश घिमिरे, बिन्दा पाण्डे, डम्बर कुमारी अधिकारीको उपस्थिति रहेको थियो ।

साना किसान कृषि सहकारी संस्था सामाजिक क्षेत्रमा क्रियाशील अर्जुनधाराको सबैभन्दा पुरानो सहकारी संस्था हो । किसानको हकहितमा आधारित रहर्दै समुदायमा समर्पित यस संस्था नेपालको उत्कृष्ट सहकारी मध्ये चिरपरिचित छ ।  संस्था यसअघि जिल्लाका विभिन्न विधामा पुरस्कृत भैसकेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर