Aamsanchar

मेची राजमार्ग अन्तर्गत पाँचथरकाे फिदिम-ताप्लेजुङ सडक खण्ड सञ्चालनमा

Author Image
सोमवार, असार १८, २०८०

पाँचथर – बाढीका कारण अवरुद्ध मेची राजमार्ग अन्तर्गत पाँचथरकाे फिदिम-ताप्लेजुङ सडक खण्ड सञ्चालनमा आएकाे छ । हेवा खोलामा ह्युम पाइप र पेन स्टक पाइप राखेर डाइभर्सन निर्माण गरिएपछि गएरातिदेखि याे सडक खण्डमा गाडी चल्न थालेकाे हाे ।

हिलिहाङ-७ र फिदिम-४ जोड्ने हेवा खोलामा असार १२ र १३ गते दुई पटक डाइभर्सन निर्माण गरेर सडक सञ्चालनमा ल्याए पनि  पुनः बाढी आएपछि गएकाे बिहीवारदेखि आवागमन ठप्प भएको थियो ।

असार २ गते शनिवार राति हेवा खाेलामा आएकाे बाढीले बेलिब्रिज र माेटरेबल पुल बगाएपछि याे सडक खण्ड  पटक पटक बन्द हुँदै र खुल्दै आएको छ ।

बाढीले पुल बगाएपछि हेवा खोला पारि पर्ने पाँचथरका फालेलुङ, हिलिहाङ र याङवरकसँगै ताप्लेजुङ जिल्लाको सडक सम्पर्क टुटेको थियो ।

पुल बगेको ठाउँमा सडक डिभिजन इलामले बेलिब्रिज निर्माणको काम गरिरहेको छ । तर बेलिब्रिज निर्माणको काम सुस्त भएको स्थानीयकाे गुनासाे छ ।

Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर