Aamsanchar

झापा जिल्ला अदालतमा हाफ पाइन्ट र मिनिस्कट लगाउने सेवाग्राही प्रवेश गर्न नपाउने

Author Image
मङ्गलवार, असार १९, २०८०

झापा – झापा जिल्ला अदालत भद्रपुरले सेवाग्राहीले लगाएर आउने पोसाकमा कडाइ गरेको छ । अदालत प्रशासनले एक सूचना जारी गर्दै अदालतमा काममा आउने सेवाग्राहीहरूले अदालतको परिसरभित्र घुँडा भन्दा माथि महिलाको हकमा मिनिस्कट र पुरुषको हकमा हाप पाइन्ट जस्ता अस्वाभाविक देखिने प्रकारका पोसाक लगाएर प्रवेश गर्न निषेध गरिएको जानकारी गराएको छ । अस्वाभाविक पोसाक लगाएर प्रवेश गर्नेलाई प्रहरीले गेटबाटै फर्काइदिने अदालत प्रशासनले जनाएको छ ।

Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर