Aamsanchar

अर्घाखाँचीमा पहिरोको कराण तीन जनाको मृ*त्यु

Author Image
मङ्गलवार, असार १९, २०८०

प्रतिकात्मक फायल तस्वीर ।

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए ।

आज बिहान करिब ८ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

पहिरोले घरको कुनापट्टिको आधा भाग भत्किएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खिदिम अर्घाखाँचीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको थियो ।

प्रहरीले १४ वर्षीय सचिन रास्कोटीलाई सकुशल उद्धार गरेको थियो । उनको मुख र आँखामा सामान्य चोट लागेको छ । अन्यलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो ।

घटनास्थल प्रहरी चौकी खिदिमबाट ११ किलोमिटर पूर्वमा पर्दछ ।

Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर