Aamsanchar

पुतलीबजारले सहिदचोकमा बनाएकाे दुईवटा हरिया पात र डाँठसहित पाकेको सुन्तला दानाको प्रतिमा

Author Image
मङ्गलवार, असार १९, २०८०

स्याङ्जा : पुतलीबजार नगरपालिकाले सदरमुकामस्थित मुख्य बजारको चोकमा सुन्तलाको प्रतीक स्वरूप दुईवटा हरिया पात र डाँठसहित एउटा पाकेको सुन्तला दानाको प्रतिमा स्थापना गरेको छ।

सदरमुकाम सहितको पुतलीबजार नगरपालिका-१ स्थित सहिदचोकमा निर्मित टावरको भित्री भागमा पाकेको सुन्तलाको फल राखिएको हो।

नवलपरासी निवासी नरबहादुर विकले झण्डै ३ महिनामा निर्माण गरेका हुन्। करिब ५० किलो तौलको सो प्रतिमामा तामा, पित्तल लगायतका विभिन्न धातु मिश्रण गरी करिब ५ लाखको लागतमा निर्माण गरिएको हो।

समग्र जिल्लाकै पहिचान बोकेको सुन्तला र त्यसमा पनि पुतलीबजारमा अत्यन्तै राम्रो उत्पादन हुने भएकाले सुन्तलाको प्रवर्द्धन एवं पहिचानका लागि सुन्तलाको प्रतिमा राखिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए।

सिद्धार्थ राजमार्गमै पर्ने सहिद चोकमा ‘एउटा सुन्तलाको पाकेको फल’ स्वरूपको प्रतिमाले स्याङ्जाको पहिचान प्रदर्शन गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए।

Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर