काठमाण्डौ – नेपालले साफ च्याम्पियनसिप फुटबलमा ‘फेयर प्ले’ अवार्ड प्राप्त गरेको छ ।
साफ च्याम्पियनसिपको गएराति भएको समापन समारोहमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड प्रदान गरिएको हो ।
साविक उपविजेता नेपाल यो प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो ।
नेपाल समूह चरणमा कुवेतसँग ३–१ र भारतसँग २–० गोलले पराजित भएको थियो ।
समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो ।
आमन्त्रित टोली कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।
भारतीय टोलीका कप्तान सुनिल क्षेत्री साफ च्याम्पियनसिपमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका छन् ।
उनी १४ औँ संस्करणको साफ च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा सुनिलले ५ गोल गरेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
1
+1
+1
Views: 160