Aamsanchar

झापाको गौरीगञ्जमा चट्याङ लागेर १३ वर्षीय बालकको मृ*त्यु

Author Image
बुधवार, असार २०, २०८०

झापा : झापाको गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका ६ स्थित खजुरगाछी कन्चिरा निवासी परसदिया सरदारका १३ वर्षीय छोरा विजय सरदार रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार बिहान स्थानीय मोहम्मद आसामुदिन मियाको खेतमा  बीउ उखेल्न गएको बेला उनीहरूमाथि चट्याङ परेको थियो । घाइतेहरूको नाम नखुले पनि उनीहरू स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर