

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ ।
आज सुन तोलामा एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन मंगलबार उक्त सुन तोलामा एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख १० हजार ५० रपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Views: 168


