

काठमाडौं : २१ वर्ष मुनिको युरो कप फुटबलको उपाधि इंग्ल्यान्डले जितेको छ। शनिबार भएको फाइनल खेलमा पाँच पटकको च्याम्पियन स्पेनलाई १–० गोलले पराजित गर्दै तेस्रो पटक च्याम्पियन बनेको हो। इग्ल्याण्डलाई जित दिलाउन पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।

इंग्ल्याण्डका लागि पहिलो हाफमा थप गरिएको समयको चौथो मिनेटमा कर्टिन जोन्सले कोली पालमरको पासमा गोल गरेका थिए। खेलको नियमित समयपछि थपिएको समयमा पाएको पेनाल्टीमा चुक्दा स्पेनले बराबरीको अवसर गुमायो।

करिब ४० वर्षपछि इंग्ल्यान्डले यो उपाधि उचालेको हो। यस अघि १९८२ र १९८४ मा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो।

Views: 184

