Aamsanchar

पश्चिम बंगालमा पञ्चायतको चुनावका क्रममा हिंसा, १८ जनाको मृत्यु

Author Image
आइतवार, असार २४, २०८०

काठमाडौं : भारतको पश्चिम बंगालमा पञ्चायतको चुनावका क्रममा हिंसा फैलिएको छ।

हिजो दिउँसो मतदान सुरु भएदेखि नै विभिन्न केन्द्रमा सुरु भएको हिंसा राति पनि जारी रहेको र कयौँ मानिसको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विभिन्न ठाउँमा भएका घटनामा १८ जनाभन्दा बढीको मृत्यु भएको छ। मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुको भनाइ छ। विभिन्न ठाउँमा बुथ कब्जा गर्ने क्रममा झडप भएको र घरेलु हतियारहको प्रयोगले मानिसहरुको ज्यान गएको जनाइएको छ।

झडपका घटनामा कयौँ व्यक्ति गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा धेरै त्रिणमुल कांग्रेसका १०, भारतीय जनता पार्टीका ३, कांग्रेसका ३ तथा अन्य पार्टीका दुई कार्यकर्ता छन्। हिंसा फैलिएका कयौँ मतदान केन्द्रमा मतदान रोकिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर