Aamsanchar

१९ करोड भन्दाबढीको तास आयात

Author Image
आइतवार, असार २४, २०८०

काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा १९ करोड भन्दाबढीको तास आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार जेठ महिनासम्म नेपालमा विभिन्न देशबाट १९ करोड ८९ लाख ५७ हजारको तास आयात भएको छ ।तास

आयातबाट सरकारले १२ करोड २२ लाख ८६ हजारको राजस्व संकलन गरेको छ । गत वर्षको तुलनामा ६६ लाख ६४ हजार रुपैयाँले तास आयात घटेको हो ।

गत वर्ष सोही समयमा २० करोड ५६ लाख २१ हजार तास आयात भएको थियो ।

कुन देशबाट कति तास आयो ?
यस वर्ष सबैभन्दा धेरै तासाको आयात चीनबाट भएको छ । भन्सार विभागका अनुसार नेपालमा चीन, भारत, जापान, मलेसिया, यूएई, बेलायत र अमेरिकाबाट तास आयात हुँदै आएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चीनबाट १७ करोड ६ लाख दुई हजार र भारतबाट दुई करोड तीन लाख १८ हजारको तास आयात भएको छ ।

जापानबाट तीन हजार, मलेसियाबाट एक हजार र अमेरिकाबाट सात हजारको तास आयात भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१