एजेन्सी –ब्राजिलमा एक जीर्ण भवन भत्किंदा १४ जनाको मृत्यु भएको छ ।
ब्राजिलको पुर्वी क्षेत्र पेरनामबु राज्यमा भएको घटनामा दर्जनौ घाइते भएका छन् । बेसाहारा र घरबारबिहीनहरु बस्दै आएको सो सरकारी भवनमा बस्न प्रतिबन्ध लगाइए पनि अटेर गरी मानिसहरु बस्दै आएका थिए ।
जीर्ण अवस्थामा रेहको उक्त भवन भारी वर्षाका कारण ढलेको हो । रातको समयमा भवन ढल्दा अधिकांश मानिस मस्त निद्रामा थिए । भवनको भग्नावशेषबाट तीन जनालाई जिवितै उद्धार गरिएको छ भने केही भग्नावेशषमा च्यापिएको अनुमान छ ।
ब्राजीलमा हरेक वर्ष जीर्ण भवन भत्किंदा थुप्रैको मृत्यु हुने गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 88