Aamsanchar

विश्वकप छनोटको उपाधिका लागि आज श्रीलंका र नेदरल्याण्ड्स खल्दै

Author Image
आइतवार, असार २४, २०८०

काठमाडौं : आईसीसी एकदिवसीय  विश्वकप छनोटको उपाधिका लागि आज श्रीलंका र नेदरल्याण्ड्स आमने-सामने हुँदैछन्।​ १० टिम सहभागी प्रतियोगितामा पहिलो र दोस्रो हुँदै विश्वकपमा छनोट भएका दुई टोली आज उपाधिका लागि आमने-सामने हुन लागेका हुन्।

 

जिम्बाबेको हरारे क्रिकेट मैदानमा दिउँसो पौने १ बजे खेल सुरु हुनेछ। प्रतियोगितामा श्रीलंका अपराजित रहँदै विश्वकपमा छनोट भएको हो। समूह चरणमा अपराजित रहेको श्रीलंका सुपर सिक्समा चार पटकको च्याम्पियनलाई ९ विकेटको लज्जास्पद हार चखाउँदै अराजित रह्यो।

सुपरसिक्समा पहिलो हुँदै विश्वकपको यात्रा तय गरेको श्रीलंका र सुपरसिक्सको अन्तिम खेलमा सनसनी खेल प्रदर्शन गर्दै दोस्रो भएको नेदरल्याण्ड्सले  एकदिवसीय विश्वकप खेल्न लागेको हो।

सुपरसिक्समा स्कटल्याण्ड र जिम्बाब्वेसँग अंक बराबरी भएता पनि नेट रन रेटमा दुवै टिमलाई पछि पार्दै नेदरल्याण्ड्स छनोट भएको हो। तिन वटै टिमको ५ खेल खेल्दा ६ अंक रहेता पनि नेदरल्याण्डले अन्तिम बाजी मारेको थियो।​

तीन महिनापछि आगामी अक्टोबरमा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुने सबै १० टिमको टुंगो लागेको छ। ​ श्रीलंका र नेदरल्याड विश्वकप छनोटबाट विश्वकपमा पुग्दा आयोजक भारतसहित अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका आईसीसी विश्वकप सुपर लिगको शीर्ष-८ मा रहँदै छनोट भएका थिए। छनोटमा सहभागी भएको नेपाल आठौं स्थानमा रहँदै बाहिरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर