

झापा । झापामा ५३ प्रतिशत रोपाई भइसकेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीकाका अनुसार गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाई भएको हो ।

समयमै वर्षा सुरु भएको र किसानले पाउने मलमा समेत समस्या नभएका कारण गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ गर्न सकिएको उनले बताए ।

झापामा यस वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ । सोमध्ये ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ । हाल दैनिक वर्षा भइरहेकाले खोला पैनीमा समेत पानीको बहाव बढेका कारण किसानलाई रोपाइँका लागि पर्याप्त पानी पुगिरहेको उनको भनाइ छ ।


Views: 148

