Aamsanchar

मेलौलीमा बस दुर्घटना

Author Image
सोमवार, असार २५, २०८०

बैतडी : बैतडीको मेलौलीमा सोमबार दिउँसो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

पञ्चेश्वरबाट मेलौली जाँदै गरेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा पल्टिएको हो ।

घाइतेहरुको परिचय खुलिनसकेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए।

अहिले घाइते यात्रुहरूको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  बस सडकबाट २०० मिटर तल खसेको छ ।

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर