जनकपुरधाम –आफ्नो सौतेनी आमालाई मारेको अभियोगमा धनुषा प्रहरीले एक भारतीय युवकलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।सौतेनी आमाले बासी भात खान दिएको रिसमा काठको चिर्पट प्रहार गरी हत्या गरेको र शवलाई जलाएको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, शिवनगर पथराईस्थित अशोक जैसवालको घरमा डेरा गरी बस्ने भारतीय नागरिक प्रेम भगतलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।भगत भारतको बेतिया जिल्ला, नरकटियागंज थाना, केयुनिया निवासी रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनले आफ्नो सौनेती आमा ३९ वर्षीय मिरा देवी भगतको हत्या गरेको प्रहरीले जनाएको छ ।

Views: 95

