Aamsanchar

 प्रधानमन्त्रीद्वारा निर्माणाधीन संघीय संसद् भवनको अवलोकन 

Author Image
सोमवार, असार २५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन्।

निर्माणाधीन भवनको सोमबार प्रधानमन्त्री दाहाल, सहरी विकास मन्त्री सीता गुरूङ लगायतले अवलोकन गरेका हुन्।

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य संरचना निर्माण गरिएको छ।

सिंहदरबारस्थित पुतली बगैँचा रहेको ठाउँमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण भइरहेको हो।

१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनीले पाएको थियो।

संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ।

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर