

काठमाडौं – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक करोड नौ लाख ९० हजार रुपैयाँको टुथपिक्स आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७९ साउन १ गतदेखि २०८० जेठ मसान्तसम्ममा नेपालले उक्त टुथपिक्स आयात गरेको हो । उक्त रकममा ३३ हजार ९८५ केजी टुथपिक्स नेपाल भित्रिएको छ ।
Views: 220


