Aamsanchar

धुलाबारीको सानो साथी किन्डर गार्टेनको सेफ्टी ट्यांकीमा डुब्दा एक विद्यार्थी सिकिस्त

Author Image
सोमवार, असार २५, २०८०

मेचीनगर । धुलाबारीको सानो साथी किन्डर गार्टेनको शौचालयको सेफ्टी ट्यांकीमा डुब्दा एक बालक सिकिस्त भएका छन् ।

मेचीनगर–१० सुब्बाबस्तीका तान्चोक लिम्बूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । बालकलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

सोही विद्यालयमा पढ्ने वर्ष आठका लिम्बू आज खाजा खाने समयमा शौचालयको सेफ्टी ट्यांकीमा डुबेका थिए।

आज दिउँसो १२ः३० बजे खाजा खाइसकेपछि बालकलाई कक्षाकोठामा नभेटिएपछि उनको खोजी गरिएको थियो । खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोश अवस्थामा भेटिएको मन्टेश्वरीकी व्यवस्थापक अनिशा पोखरेलले जानकारी दिइन् ।

विद्यालयले सेफ्टी ट्यांकीमाथि ढकनीका रुपमा मक्किएको प्लाइको टुक्रा मात्रै राखेको पाइएको छ । विद्यार्थीको सुरक्षामा गम्भीर लापरबाही गरिएकोले कारबाही गरिनुपर्ने मेचीनगर १० का वडाध्यक्ष नारायण खनालले बताए ।

धुलाबारीस्थित पूर्व–पश्चिम राजमार्गको उत्तरमारहेको सो किन्डर गार्टेनका सञ्चालक मनोज गुरुङ हुन् । विद्यालयमा ६३ जना विद्यार्थी अध्यनरत् छन् । बालकको उद्दारपछि विद्यालय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर