Aamsanchar

अपडेट :  लुक्लाबाट उडेको हेलिकप्टर  लम्जुरा डाँडामा दुर्घटनाग्रस्त भएको पुष्टि   

Author Image
मङ्गलवार, असार २६, २०८०

प्रतिकात्मक तस्वीर ।

सोलु। सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गरेका छन थप जानकारी आउन बाँकी रहेको छ ।

‘उनले भने हेलिकप्टर क्षतविक्षत भएको जानकारी आएको छ । अहिले वडामा रहेको प्रहरी टोली घटनास्थलमा पुग्दैछ’ ।

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् ।

सदरमुकामबाट लम्जुजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर