

मेचीनगर । मन्टेश्वरीको शौचालय सेप्टिक ट्यांकमा डुबेर विद्यार्थीको निधन भएपछि मृतक बालकका अभिभावकले विद्यालय सञ्चालक र कर्मचारीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामक पूर्वप्राथमिक विद्यालयमा पढ्ने ८ वर्षीय बालक तान्छोकहाङ लिम्बूको बिएन्डसी अस्पतालमा उपचारको क्रममा हिजो बिहान १०ः३० बजे निधन भएको थियो ।

बालक असार २५ गते खाजा खाएर शौचालय जाँदा शौचालयको ढोकाअगाडि रहेको सेप्टिक ट्यांकभित्र खसेका थिए । सेप्टिक ट्यांकको प्वाल छोप्न मक्किएको प्लाइको प्रयोग गरिएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र झरेका थिए ।

Views: 209

