Aamsanchar

लेटाङबाट ब्राउन सुगरसहित २ युवा पक्राउ

Author Image
बुधवार, असार २७, २०८०

विराटनगर : मोरङको लेटाङ नगरपालिका–३ कृतिमानबाट प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित २ जना युवालाई  पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले लेटाङ–३ का २३ वर्षीय थीरबहादुर राउत र २२ वर्षीय एनोश तामाङ पक्राउ गरिएको जानकारी दिए ।

ब्राउन सुगरको खरिद बिक्री भइरहेको विशेष सूचनाका आधारमा पुगेको इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर विकाश थपलिया नेतृत्वको टोलीले साँझ ७ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले राउतको घरमा खानतलासी गर्दा प्लाष्टिकमा प्याक गरेको अवस्थामा ४९ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । त्यसलगत्तै राउतसहित उनको घरमा ब्राउन सुगर खरिद गर्न पुगेका तामाङलाई पक्राउ गरिएको डीएसपी दाहालले बताए। दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइने उनको भनाइ छ ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर