

झापा। झापा र सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । गएरातिदेखि नै ठूलो वर्षा भएकाले बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार झापाको कनकाई, अनारमनी (बिर्तामोड), चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेकोले त्यस क्षेत्रका नदीहरूमा बाढीको जोखिम छ ।

यस्तै, सुनसरीको धरान, चतरा तथा आसपासका क्षेत्रमा पनि मध्यमदेखि ठुलो वर्षा भइरहेका कारण महाशाखाले तटीय तथा होचा क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । झापा र सुनसरी सहित कोशी प्रदेशका सबैजसो ठाउँमा गएरातिदेखि नै वर्षा भइरहेको छ । आज पनि यो प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छन् ।
Views: 251

